श्री चन्द्रबहादुर के. सी. - प्रधानाध्यापकMr. Chandra Bahadur K.C. - Principal
आदरणीय यस विद्यालयका संस्थापक तथा यस विद्यालयको प्रगति उन्नतिमा निरन्तर लागीपर्नुहुने सकारात्मक सोचका धनि व्यत्तित्वहरु, सम्पूर्ण पूर्व वर्तमान अभिभावक, विद्यार्थी, शिक्षक,कर्मचारी र सम्बन्धित सरोकारवाला तथा शुभचिन्तकज्यूहरु नमस्कार । श्री वीरेन्द्र हिमालय माध्यमिक विद्यालय परिवारको तर्फबाट यहाँहरु सबैलाई जो जहाँ भए पनि हार्दिक स्वागत गर्दछु । हाम्रो विद्यालय गुणस्तरीय शिक्षा,समावेशीता र समग्र पक्षको विकासको मार्गमा अगाडि बढिरहेको सन्दर्भमा सूचना प्रविधिको क्षेत्रमा आएको तिव्र परिवर्तनको परिणाम स्वरुप डिजिटल युगको मागलाई आत्मसाथ गर्दै हामी विद्यालयको आधिकारिक web site निर्माण गर्ने चरणमा छौं ।web site निर्माणले विद्यालको विकास र पहिचानमा एउटा सुनौलो इटा थपेको आभाष भएको छ । यो प्रयासले हाम्रो शैक्षिक यात्रालाई थप समावेशी, पारदर्शी र सूचनामा सबैको समान पहुँच कायम गर्न सहज हुनेछ । विश्वनै डिजिटल माध्यमबाट एकअर्कासङ्ग जोडिएको विश्वव्यापिकरणको यो दुनियांमा शिक्षा क्षेत्रपनि सुचना प्रविधिको प्रभावबाट अपवाद बन्न नसक्ने यथार्थलाई स्वीकार गर्दै विद्यालले वेब साइट निर्माण गर्ने अभियानमा लाग्नु परेको हो । विद्यालयबाट सम्पादन हुने/ गरिने सम्पूर्ण गतिविधि अध्यावधिक गरि सबैको सामु निर्वाद पुर्याउने हाम्रो अभिलाषाले हामीलाई यो यात्रा तय गर्न उत्प्रेरित गरेको हो । हाम्रो विद्यालयको दृष्टिकोण , सोच, सपना र लक्ष्य केवल पाठ्यक्रमका सैद्दान्तिक कोरा ज्ञानमा आधारित शिक्षा प्रदान गर्नु मात्र नभइ व्यवसायीक तथा समतामुलक शिक्षाको माध्यमबाट सर्वाङ्गिण विकासमा अभिवृद्धि गर्दै बदलिदो परिवेश अनुकुल जीवन जिउने कला, चरित्र निर्माण, व्यवसयिक सीप र प्रविधी सङ्ग परिचित एवम् हरेक कोणबाट सबैसङ्ग प्रतिस्पर्धा गर्ने सक्ने विद्यार्थी बनाउनु हो ता कि भविष्यमा सक्षम, सभ्य र सिर्जनशील नागरिक बन्नु सकुन् । विद्यालयसँग सम्बन्धित सूचना/कार्यक्रम/विज्ञापन/ जानकारी गरिने आधिकारिक वेभसाइट हो ।web site मन्च मात्र होइन यो हामी सबैको साझा प्रतिवद्दता, र प्रतिविम्ब पनि भएको हुंदा यसमा विध्यार्थीको भविष्य ,शिक्षकको समर्पण, प्र.अ. को सपना र अभिभावकहरुको सहयोगको साझा डबली हो । यस विद्यालयमा लामो समयसम्म अनुभवप्राप्त शिक्षक स्टापले विद्यार्थीहरु शिक्षण सिकाईमा मात्र केन्द्रित नभइ दैनिक जीवनमा प्रयोगहुने मार्गदर्शक प्रेरणा दिनुका साथै उनीहरुको प्रतिभा उजागर गर्ने काम गरिरहनु भयको छ । अभिभावकहरुको सहकार्य, शिक्षकहरुको लगनशीलता र विद्यार्थीहरुको निरन्तर मेहनत हाम्रो सफलताको मूलआधार हो ।
विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने अभियानमा कोशेढुङा सावित हुने अपेक्षा सहित ,म सबैलाई धन्यबाद दिन चाहन्छु, जसले मैले वनाएको योजना मुताविक विद्यालयको प्रगति र समृद्धिमा विगत लामो समयदेखि महत्वपूर्ण योगदान ,साथ र सपोर्ट दिदै आउनु भएको छ । आगामी दिनहरुमा पनि यहाँहरुले यसरी नै प्रत्यक्ष अप्रत्यक्ष रुपमा यस विद्यालयको हितमा कार्य गर्न ,विभिन्न माध्यमबाट निरन्तर साथ, सहयोग र सुझाब तथा विश्वासको पूर्णअपेक्षा गर्दछु ।
धन्यबाद ।
Respected founders of this school and the visionary personalities who have continuously contributed to its progress, all past and present parents, students, teachers, staff, concerned stakeholders, and well-wishers warm greetings. On behalf of the Shree Birendra Himalaya Secondary School family, I extend heartfelt welcome to all of you, wherever you may be.
As our school advances on the path of quality education, inclusivity, and holistic development, we are embracing the demands of the digital age brought about by rapid changes in information technology. We are now in the process of creating the school’s official website. The construction of this website feels like adding a golden brick to the development and identity of our institution. This effort will make our educational journey more inclusive, transparent, and ensure equal access to information for all.
In today’s globalized world, where everything is interconnected through digital means, education too cannot remain untouched by the influence of information technology. Our aspiration to update and share all school activities openly has inspired us to embark on this journey.
The vision, mission, and goals of our school are not limited to providing theoretical knowledge based on curriculum alone. Rather, through vocational and equitable education, we aim to foster holistic development, life skills suited to changing contexts, character building, professional competencies, and technological familiarity. Our goal is to nurture students who can compete from every angle and grow into capable, civilized, and creative citizens in the future.
This official website is not merely a platform; it is a shared commitment and reflection of all of us. It represents the future of our students, the dedication of our teachers, the dreams of our principal, and the cooperation of our parents.
For a long time, our experienced teaching staff have not only focused on classroom learning but also provided guiding inspiration for daily life, while helping students to showcase their talents. The cooperation of parents, the dedication of teachers, and the continuous hard work of students form the foundation of our success.
With the expectation that this initiative will prove to be a milestone in making our school an excellent educational destination, I express my sincere gratitude to all who have continuously contributed, supported, and trusted in the progress and prosperity of the school according to the plans I have envisioned. I look forward to your continued direct and indirect support, cooperation, suggestions, and trust in the days ahead.
Thank you.
