राणा शासनको अन्त्यपछि केही व्यक्तिमा शिक्षाप्रति चेतना जागृत भएसँगै देशभर विद्यालय खुल्ने क्रम बढ्यो। यही क्रममा वि.सं. २०१७ सालमा साविकको तल्लु पञ्चायत अन्तर्गत डाँडा माथि भन्ने ठाउँमा यो विद्यालय प्राथमिक तहमा स्थापना भएको थियो। सीमित सेवा क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै वि.सं. २०३३ सालमा निम्न माध्यमिक तह (नि.मा.वि.) सञ्चालन गर्ने स्वीकृति प्राप्त भयो। त्यसपछि, विद्यालय स्थापनाप्रतिको जनचाहना र सेवा क्षेत्र विस्तार हुँदै गएपछि सबैलाई पायक पर्ने स्थानमा माध्यमिक तह (मा.वि.) सञ्चालन गर्ने उद्देश्यले छलफल भयो। सोहीअनुरूप, श्री वीरेन्द्र हिमालय मा.वि. लाई तल्लुबाट भगवती पञ्चायतमा पर्ने हालको स्थान तल्लुबगरमा वि.सं. २०३९ सालमा सारियो। वि.सं. २०३९ सालदेखि माध्यमिक तहका कक्षाहरू सञ्चालन भए पनि स्थायी स्वीकृतिका लागि ठूलो सङ्घर्ष गर्नुपरेको थियो। यस कार्यमा विशेष गरी वीरबहादुर मल्ल, रतनबहादुर के.सी., भीमबहादुर मल्ल र डिल्लीबहादुर मल्लको ठूलो योगदान रहेको पाइन्छ। अथक प्रयासपछि वि.सं. २०४१/०३/१४ मा विद्यालयले माध्यमिक तहको स्थायी स्वीकृति प्राप्त गर्यो। विद्यालय सञ्चालन तथा भौतिक पूर्वाधार निर्माणमा साविकका रग्दा, भगवती र गोतामकोटका बौद्धिक वर्ग तथा स्थानीय जनताको उल्लेखनीय सहयोग रहेको थियो। त्यसपछिका दिनहरूमा विभिन्न आर्थिक, भौतिक, शैक्षिक र सामाजिक उतारचढाव बेहोर्दै अघि बढेको विद्यालयले वि.सं. २०६० सालसम्म खासै उल्लेखनीय प्रगति गर्न सकेन। पिछडिएको ठाउँ र अग्रगामी चेतनाको अभावका बीचमा पनि वि.सं. २०६५ सालमा तत्कालीन प्रधानाध्यापकको विशेष योजना र पहल तथा रग्दा र भगवतीका बौद्धिक वर्गको सहयोगमा उच्च माध्यमिक शिक्षा परिषद्बाट अस्थायी सम्बन्धन लिई उच्च माध्यमिक तहका कक्षाहरू सञ्चालन गरियो।
आदरणीय यस विद्यालयका संस्थापक तथा यस विद्यालयको प्रगति उन्नतिमा निरन्तर लागीपर्नुहुने सकारात्मक सोचका धनि व्यत्तित्वहरु, सम्पूर्ण पूर्व वर्तमान अभिभावक, विद्यार्थी, शिक्षक,कर्मचारी र सम्बन्धित सरोकारवाला तथा शुभचिन्तकज्यूहरु नमस्कार । श्री वीरेन्द्र हिमालय माध्यमिक विद्यालय परिवारको तर्फबाट यहाँहरु सबैलाई जो जहाँ भए पनि हार्दिक स्वागत गर्दछु ।
हाम्रो विद्यालय गुणस्तरीय शिक्षा,समावेशीता र समग्र पक्षको विकासको मार्गमा अगाडि बढिरहेको सन्दर्भमा सूचना प्रविधिको क्षेत्रमा आएको तिव्र परिवर्तनको परिणाम स्वरुप डिजिटल युगको मागलाई आत्मसाथ गर्दै हामी विद्यालयको आधिकारिक web site निर्माण गर्ने चरणमा छौं ।web site निर्माणले विद्यालको विकास र पहिचानमा एउटा सुनौलो इटा थपेको आभाष भएको छ । यो प्रयासले हाम्रो शैक्षिक यात्रालाई थप समावेशी, पारदर्शी र सूचनामा सबैको समान पहुँच कायम गर्न सहज हुनेछ । विश्वनै डिजिटल माध्यमबाट एकअर्कासङ्ग जोडिएको विश्वव्यापिकरणको यो दुनियांमा शिक्षा क्षेत्रपनि सुचना प्रविधिको प्रभावबाट अपवाद बन्न नसक्ने यथार्थलाई स्वीकार गर्दै विद्यालले वेब साइट निर्माण गर्ने अभियानमा लाग्नु परेको हो । विद्यालयबाट सम्पादन हुने/ गरिने सम्पूर्ण गतिविधि अध्यावधिक गरि सबैको सामु निर्वाद पुर्याउने हाम्रो अभिलाषाले हामीलाई यो यात्रा तय गर्न उत्प्रेरित गरेको हो । हाम्रो विद्यालयको दृष्टिकोण , सोच, सपना र लक्ष्य केवल पाठ्यक्रमका सैद्दान्तिक कोरा ज्ञानमा आधारित शिक्षा प्रदान गर्नु मात्र नभइ व्यवसायीक तथा समतामुलक शिक्षाको माध्यमबाट सर्वाङ्गिण विकासमा अभिवृद्धि गर्दै
थप पढ्नुहोस् →
श्री चन्द्रबहादुर के. सी.
प्रधानाध्यापक
९८५८०२३००९
सूचना तथा कार्यक्रमहरु
कार्यक्रमहरु
हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।
हाम्रो सम्बद्धता
संस्थाहरुसँगको आबद्धता
संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।